जब रेफ्रीले रोनाल्डोसँग उनको जर्सी मागे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • विश्वकपमा धेरै खेलाडीले आफ्ना नयाँ फ्यान कमाउँछन् ।
  • रुसमा जारी विश्वकप फुटबलमा केही फुटबलरले आफ्ना फ्यानको मन जित्न सकेका छैनन् ।
  • तर केही यस्ता खेलाडी छन्, जसले विश्वभर फ्यान त बढाए खेल मैदानमै रेफ्री नै उनका फ्यान भए ।

विश्वकपमा धेरै खेलाडीले आफ्ना नयाँ फ्यान कमाउँछन् । रुसमा जारी विश्वकप फुटबलमा केही फुटबलरले आफ्ना फ्यानको मन जित्न सकेका छैनन् ।

तर केही यस्ता खेलाडी छन्, जसले विश्वभर फ्यान त बढाए खेल मैदानमै रेफ्री नै उनका फ्यान भए । बुधबार बेलुका पोर्चुगलले मोरक्कोसँग खेलिरहेको थियो । यो खेलमा रेफ्री थिए, मार्क गाइगर ।

अमेरिकी रेफ्री गाइगरले क्रिष्टियानो रोनाल्डोसँग प्रभावित भएर उनको जर्सी मागेको खबर आएको छ । रेफ्री गाइगरले खेलको हाफ टाइममा रोनाल्डोसँग उनको जर्सी मागेको खबर आएको हो ।

तर विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भने रेफ्रीले रोनाल्डोसँग जर्सी नमागेको र यो आरोप पूर्णरुपले झुठ रहेको बताएको छ । मोरक्कोका नोर्डिन अमराबातले रेफ्रीले हाफ टाइममा रोनाल्डोसँग जर्सीमा गरेको बताएका थिए ।

तर फिफाले भने त्यसको आलोचना गरेको हो । रेफ्रीले पूर्ण रुपले व्यवसायिक भएर काम गरेको फिफाको भनाई छ ।

तर वाट्फोर्डका विंगर अमराबातले भने पोर्चुगलका पेपेले यो कुरा आफूलाई सुनाएको बताएका छन् । उनले डच टेलिभिजनसँग यस्तो बताएका हुन् । रोनाल्डोबाट रेफ्री निकै प्रभावित भएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?