प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जाँदै

सारांश

  • काठमाडौँ ।
  • संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै छन् ।
  • नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।

प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन् । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
भ्रातृ संगठनको नेतृत्व विवादमा रुमल्लियो कांग्रेस
भ्रातृ संगठनको नेतृत्व विवादमा रुमल्लियो कांग्रेस
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री  देउवा लाई  खुल्ला पत्र  !
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री देउवा लाई खुल्ला पत्र !
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
८ वर्ष जेल सजाय क्रिकेटर सन्दीप लामिछानेलाई
८ वर्ष जेल सजाय क्रिकेटर सन्दीप लामिछानेलाई

तपाईंले छुटाउनुभयो कि?