बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई

सारांश

  • काठमाडौ ७,भदौ ।
  •  यहि भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप २०१८हुँदैछ ।
  • जापानी प्रशिक्षक ग्योतोकु कोजी को  भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँदा  नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् ।

काठमाडौ ७,भदौ । यहि भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप २०१८हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी को  भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँदा  नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् ।

बालगोपालको  बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य समेत रहेका थिए । त्यसपछि सन् २००० को दशकमा महर्जनले पटक पटक स्थानीय क्लब ब्रदर्स युनियनका लागि व्यवसायिक फुटबल खेले । सन् २०१६ मा बालगोपाल महर्जन नै प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप जितेको थियो ।उनले टोलीलाई अपराजित रहँदै उपाधि दिलाए । उनको प्रदर्शनले प्रभावित भएर ब्रदर्स युनियनले उनलाई क्लबको प्रशिक्षकमा पनि नियुक्त गरेको थियो ।

यसपटक पनि बालगोपाल अन्तिम समयमा प्रशिक्षक भएका छन् । अहिले टोलीमा सम्मिलित अधिकांश खेलाडी युवा अवस्थामा बालगोपालकै प्रशिक्षणमा हुर्किएका छन् । विगत तीन,चार  महिनादेखि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहँदै आएका बालगोपालले टोलीको कमजोर पक्ष पनि राम्ररी बुझेका छन् । नेपालले समूह चरणको खेलमा पाकिस्तानको सामना गर्दैछ त्यसपछि भुटान र आयोजक बंगलादेश सँग नेपाल भिड्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्या बढेको बढ्यै
१८ जिल्लामा अत्यावश्यक बाहेका सबै सेवा बन्द
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु
इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु
चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने
चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने