प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताउनुभएको छ ।
  • बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीलाई क्षति भएको बताउनुभयो ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताउनुभएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीलाई क्षति भएको बताउनुभयो ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उहाँको भनाइ छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौँ भनेर मैले प्रस्ताव राखेको थिएँ’, कोइरालाले बैठकमा भन्नुभयो । ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैठक अनुपम फूड ल्याण्ड बत्तीसपुतलीमा जारी छ ।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?