प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधन
सारांश
- बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ ।
- बयानब्बे वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।
- केही वर्षयता अस्वस्थ रहनुभएका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो ।
बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । बयानब्बे वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहनुभएका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उहाँको निधन भएको बताउनुभयो ।
नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाउनुभएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गर्नुभएको थियो । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घले एक दशकअघि सेनानीको उपाधि दिएको थियो । अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताउनुभयो ।
प्रतिक्रिया