चिसो बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३६ पटक हेरिएको
Shares
चिसो बढ्यो

सारांश

  • काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ ।
  • आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
  • मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताए ।

उनका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ । “यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन् ।” मौसमविद् श्रेष्ठले भने । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने
’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !