’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३३ पटक हेरिएको
Shares
’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

सारांश

  • काठमाडौं ।
  •   लामो समयदेखि फिल्मको ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन पाठनमा सहकार्य गर्ने भएको छ।
  • ओस्कार कलेजले केही दिनअघि भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट , फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता गरेको हो।

काठमाडौं ।  लामो समयदेखि फिल्मको ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन पाठनमा सहकार्य गर्ने भएको छ। ओस्कार कलेजले केही दिनअघि भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट , फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता गरेको हो। ओस्कार कलेजको तर्फबाट एकेडेमिक निर्देशक मनोज बाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीलाई भेटेका थिए । एकेडेमिक निर्देशक मनोज बाबु पन्तले भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी गराए।

‘हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ । सिनेमा पढाउने सवालमा उनीहरुको इतिहास लामो छ। त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं,’ उनले भने। पन्तका अनुसार सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको पनि बताएका छन् ।

एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिृप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए । ‘सरकारी तवरमै पनि द्धिपक्षीय सम्बन्ध विकास गर्ने कुरा भएको छ । यसले समग्र नेपाली फिल्म क्षेत्र नै लाभान्वित हुन सक्छ भन्ने लागेको छ,’ श्रेष्ठले भने । पुनामा भएको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र दिल्लीमा भएको नेसनल स्कुल अफ ड्रामा सरकारी कलेज हुन् । ओस्कार कलेज नेपालको एक मात्र सरकारी सम्बन्धन प्राप्त कलेज हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
What Do You Need Real -mail Order Brides to be To Develop into?
मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…
दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा

तपाईंले छुटाउनुभयो कि?