यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
सारांश
- आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको माहोल गर्माउदै गईरहेका बेला काठमाडौँ ८ मा वाम गठबन्धनको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ ।
- काठमाडौँ महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिकाका २ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट हेभिवेट नेताहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
- प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता जीवनराम श्रेष्ठ, तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुने गरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य र समाजसेवी तथा एमालेकै अर्का युवा नेता राजेश शाक्य प्रदेशसभाका लागि क निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको माहोल गर्माउदै गईरहेका बेला काठमाडौँ ८ मा वाम गठबन्धनको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौँ महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिकाका २ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट हेभिवेट नेताहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता जीवनराम श्रेष्ठ, तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुने गरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य र समाजसेवी तथा एमालेकै अर्का युवा नेता राजेश शाक्य प्रदेशसभाका लागि क निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
काठमाडौँ उपत्यकाको मुटु भनेर चिनिने बसन्तपुर समेत रहेको यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले आफुहरुले विजय हाँसिल गरिसकेको बताएका छन् ।
बिहानै पाँच बजेदेखि घरदैलो, कोणसभा तथा भेलाहरुमा सहभागी श्रेठले भने, ‘मतदाताहरुको रेस्पोन्स र उत्साहले नै देखाउँछकी हामीले चुनाव जितिसकेका छौँ । २१ गते त प्राविधिक रुपले जितेर देखाउने हो ।’
उनले विगतमा दुई दुई पटक जितेको काँग्रेसले जनताको चाहाना अनुसार काम गर्न नसकेको र देशभर वाम गठबन्धनको माहोलले गर्दा यसपाली धेरै फराकिलो मत अन्तरमा चुनाव जित्ने बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले पर्यटकीय र सांस्कृतिक हिसावले महत्वपुर्ण ८ नम्बर क्षेत्रका बसन्तपुर र स्वयम्भुलाई अन्तर्राष्ट्रियकरण गरेर सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने योजना सुनाए ।
आफ्नो निर्वाचन क्षेत्र रहेको नागार्जुन नगरपालिकाको वडा नम्बर ५ पुतुवार गाउँमा आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले नागार्जुनलाई विशेष पर्यकीय क्षेत्र बनाएर सम्वृद्ध बनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा प्रदेशसभा ख की उम्मेदवार अष्टलक्ष्मी शाक्यले देशको आवश्यकता र जनताको चाहाना अनुसार वाम गठबन्धन बनेको भन्दै दुई तिहाई बहुमत सहित देशको नेतृत्व गर्ने बताईन । उनले भनिन, ‘हामी यो देशलाई सम्वृद्ध बनाउन चाहान्छौँ । त्यसका लागि तपाईहरुको सहयोगको आवश्यकता छ ।’
वाम गठबन्धनले सोमबार बिहान काठमाडौँको स्वयम्भुदेखि बसन्तपुरसम्म वृहत जनप्रदर्शन गरेर आफ्नो शक्ती देखाउने जानकारी दिएको छ । प्रर्दशन बिहान ७ बजे सुरु हुने छ ।
Sudan Karki
K garx..nepal band garx.. ahile sama congres le nepal band gareko xaina..usle janta uchalx ani janta lai Marx tehi ho
Kash Bhatta
Dalal