स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग
सारांश
- काठमाडाै, ३ भदाै ।
- स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग रकम जुटेकाे छ ।
- पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर रकम सहयाेग गरेका हुन् ।
काठमाडाै, ३ भदाै । स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग रकम जुटेकाे छ । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर रकम सहयाेग गरेका हुन् ।
चालिसे दम्पतिलेले ५०० डलर अर्थात नेपाली ४० हजार ५ सय लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। उनिहरूले “स्वेता-श्री फाउण्डेशन”लार्इ केहि हदसम्म् र्इटा थप्न सहयाेग हुने किसिमले साे रकम हस्तान्तरण गरेकाे बताएका छन् ।
नायिका स्वेता खड्काले २०७२ साल बैशाखमा देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गर्दै स्व श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को स्थापना गरेकि थिइन् । पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेश्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकि छन्।
चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग गरेका थिए ।

प्रतिक्रिया