फागु पर्वको उल्लास विहानैदेखि
सारांश
- आज फागु पूर्णिमा उल्लासका साथ हिमाली र पहाडी भेगमा मनाइदैछ ।
- विहानैदेखि युवायुवती एकआपसमा रंग दलेर फागु पूर्णिमाको शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइरहेका छन् ।
- हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।
आज फागु पूर्णिमा उल्लासका साथ हिमाली र पहाडी भेगमा मनाइदैछ । विहानैदेखि युवायुवती एकआपसमा रंग दलेर फागु पूर्णिमाको शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइरहेका छन् ।
हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । फागु पूर्णिमा नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होली पर्व मनाउन सुरु गरिएको धार्मिक विश्वास रहेको छ ।
फागु पूर्णिमा रंगहरुको विशेष चाड हो । यस दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
फागु खेल्ने एक दिन अघि राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि विशेष ध्वजापताले सजाएको चीर गाडेपछि सुरू भएको मानिने फागु पर्व पूर्णिमाको राती उक्त चीरलाई ढालेर जलाए पछि समापन हुन्छ ।
नेपालको तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाएको एक दिन पछि यो पर्व मनाउने प्रचलन रहि आएको छ ।
प्रतिक्रिया