‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
३४ पटक हेरिएको
Shares
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै

सारांश

  • बैतडी ।
  • सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ ।
  • रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् ।

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् ।

सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन् ।

सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिए । हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको नाकामा भीडभाड बढेको छ ।

सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् ।

यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् । पश्चिमी पहाडी क्षेत्रका विपन्न परिवारका व्यक्ति यस नाकाबाट भारतमा रोजगारीका लागि जाने गर्दै आएका छन् ।

अहिले सीमानाका झुलाघाट, बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ । बिसुका लागि घर फर्किनेको सङ्ख्या बढेसँगै यात्रुको चाप बढेको यातायात व्यवसायी बताउँछन् । नयाँ वर्ष घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का स्थानीय गणेश विष्टले बताए ।

यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।

पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ ।

यसैबीच भारतबाट स्वदेश भित्रिनेको सङ्ख्या बढेसँगै कोरोना जोखिम पनि बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणदर बढिरहेको र त्यसको प्रभाव यहाँ पनि परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सीमानाका झुलाघाटमा हेल्थडेस्क स्थापना गरेर अनिवार्य स्वास्थ्य परीक्षण र मास्कको प्रयोग गरेरमात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
तोकियो सांसदको तलब
तोकियो सांसदको तलब
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“
“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज

तपाईंले छुटाउनुभयो कि?