विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
१५ पटक हेरिएको
Shares
विराटनगरको अबैध भारतीय कार्यालय बन्द हुन्छ :  प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, ५ जेठ ।
  •   भारतले अबैध रुपमा विराटनगरमा विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको कार्यालय हटाउने प्रधानमन्त्री ओलीले उद्घोष गरेका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले अबैध रुपमा सञ्चालन गरेको विराटनगरको फिल्ड अफिस हटाउने बताएका हुन् ।

काठमाडौं, ५ जेठ ।  भारतले अबैध रुपमा विराटनगरमा विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको कार्यालय हटाउने प्रधानमन्त्री ओलीले उद्घोष गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले अबैध रुपमा सञ्चालन गरेको विराटनगरको फिल्ड अफिस हटाउने बताएका हुन् ।

करिब दुई सय २२५ जना सांसदहरुका बीचमा प्रम ओलीले भने, विराटनगरको फिल्ड अफिस उठ्छ ।’

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हेपिएर होइन, बराबरीको आधारमा सम्वन्ध बनाइन्छ ।’ प्रम ओलीले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले अब नेपालको दुवै छिमेकी मुलुकसँग स्वतन्त्र राष्ट्रको हैसियतमा सम्बन्ध विकास गर्ने बताए।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आउँदा पास वितरण गर्न भारतीय दूताबासले अस्थायी रुपमा फिल्ड अफिस खुलेको थियो । सो फिल्ड अफिस नहटाएको भन्दै सरकारभित्र तथा बाहिरबाट चर्को विरोध हुँदै आएको छ । नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए भने बिप्लव नेतृत्वको नेकपाले फिल्ड अफिस लक्षित दुई पटक विस्फोट लगायतका घटना गराइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?