चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता प्रदिप ज्ञवालिको चेतावनि’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता  प्रदिप ज्ञवालिको चेतावनि’

सारांश

  • असोज, काठमाडौं ।
  • प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ ।
  • साथै वाम एकतालाई देखाएर चुनाव नगर्ने खेलमा नलाग्न समेत सचेत गराएको छ ।

असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । साथै वाम एकतालाई देखाएर चुनाव नगर्ने खेलमा नलाग्न समेत सचेत गराएको छ ।

शनिबार धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकालेको छ । र, सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय लिएको छ ।

सचिव ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरी सर्वसत्तावाद/अधिनायकवाद आदि टिप्पणीलाई उनीहरुमा आएको हतासा र विचलनका रुपमा लिएका छौं ।’

एमालेले माओवादीसँगको एकता सरकार ढाल्नका नभएको र यही सरकारले चुनाव गराउने प्रष्ट पारेको छ । तर, वामपन्थी एकताको नाममा सरकार परिवर्तन र सरकार परिवर्तनको नाममा चुनाव सार्ने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएको छ ।

निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ ।

बैठकमा बामपन्थी एकताको समिक्षा गर्नुका साथै हालसम्मका निर्णयहरु अनुमोदन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

आफूहरुको सहमति कांग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘कतिपय पार्टी र नेताहरुको अभिव्यक्तिले उनीहरुभित्रको बेचैनी, अत्यासलाई अभिव्यक्त गरेको छ ।’

वाम एकता गर्ने आफूहरुको सहमतिलाई लोकतान्त्रमाथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भनेकोमा एमालेले आश्चर्य व्यक्त गरेको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Chhantyal Deepesh

    Ta khate haruko karan chunab anishchit hunasakx baru

    Comment Author

    Raghu Thapa

    Temi haru ly chunab sarna khojdai xau

    Comment Author

    Amar Ghotane

    सार्यो नै भने पनि के नै गर्न सक्छस र?

    Comment Author

    Sakti Chhetri

    वाम एकता दीर्घकालीन होस

    Comment Author

    Maya Nepal

    जस्ले चुनाव को मिति पहिले नै घोषण गरिसकेको छ उसैलाई उल्टै आरोप चुनाव नसार्न काङ्ग्रेसले कहिले सिक्ने हो उल्टा सिधा बोल्न

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?