प्रधानमन्त्री अस्वस्थ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री अस्वस्थ

सारांश

  • काठमाडौ २७ माघ ।
  • प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।
  • शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओलीलाई थप आराम आवश्यक परेपछि बैठक स्थगित भएको थियो ।

काठमाडौ २७ माघ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओलीलाई थप आराम आवश्यक परेपछि बैठक स्थगित भएको थियो ।

नेकपा सचिवालयले बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो । केन्द्रिय कमिटीले पास गरेका पार्टीका कार्ययोजना, राजनितिक प्रतिवेदन तथा पार्टीको अन्य कार्यक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । आइतबार नै अमेरिकी सहयोग अन्र्तगत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारे पनि छलफल गर्ने कार्य तालिका थियो । (नागरिक दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?