सभामुख संग बाझाबाझ पछि सांसद ले दिए राजीनामा
सारांश
- सुर्खेत, ७ असार।
- प्रदेश संसदको बिहीबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।
- संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए ।
सुर्खेत, ७ असार। प्रदेश संसदको बिहीबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।
संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए । ‘संसदलाई मर्यादित बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने विषय राख्दा उहाँले मान्नु भएन । कचहरी नै सुरु भयो । त्यसरी बस्नुभन्दा राजीनामा दिएँ ।’ उनले भने ।
बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान समेत सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेर कचहरी सुरु गरेपछि राजीनामा दिएको सांसद रेग्मीको भनाइ छ ।
प्रतिक्रिया