चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन नेता बिजुक्छे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन  नेता बिजुक्छे

सारांश

  • नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ ।
  • आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउनुभएको छ ।
  • भक्तपुरमा नेमकिपाले काँग्रेसका उम्मेदवारलाई सहयोग गर्छ भनेर काँग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गर्दै बिजुक्छेले भन्नुभयो– “भक्तपुरमा काँग्रेस उम्मेदवारलाई र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत होे ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ ।

आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउनुभएको छ ।

भक्तपुरमा नेमकिपाले काँग्रेसका उम्मेदवारलाई सहयोग गर्छ भनेर काँग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गर्दै बिजुक्छेले भन्नुभयो– “भक्तपुरमा काँग्रेस उम्मेदवारलाई र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत होे ।”

नेमकिपाले सशक्तरुपमा आफ्नै उम्मेदवार उठाएपछि आत्तिएर यस्तो हल्ला चलाएको बताउँदै बिजुक्छेले त्यस्तो हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो ।

बिजुक्छेले गैरलोकतन्त्रवादी मिलेर लोकतान्त्रिक गठबन्धन र गैरवामपन्थी मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै नेमकिपाले देश र जनताको अधिकार सुरक्षित गर्न उम्मेदवारी दिएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूँजीवादविरुद्ध नेमकिपाको उम्मेदवार भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा रकम बाँडेर आचारसंहिता उल्लंघन गरेको बताउनुभयो ।

त्यसअवसरमा नेमकिपाका भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणापत्र बनाएर जनता झुक्याउँदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
विश्वकप फुटबल २०१८:  रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
विश्वकप फुटबल २०१८: रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
रविको अनुसन्धान प्रतिवेदन बुझाइँदै
रविको अनुसन्धान प्रतिवेदन बुझाइँदै
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !