सहमतिपछि पत्रकार महासंघको ताला खुल्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
१३० पटक हेरिएको
Shares
सहमतिपछि पत्रकार महासंघको ताला खुल्यो

सारांश

  • नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियनले महासंघको कार्यलयमा लगाएको ताला आजबाट खुलेको छ ।
  • फागुन २ गते लगाएको ताला सहमतिमा शुक्रबारबाट खुलेको महासंघको ताला खुलेको छ।
  • युनियनले असहमति राखेका जिल्ला शाखाहरूका समस्या केन्द्रीय प्रतिनिधिमार्फत् समाधान गरिएको छ भने नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यता विवाद महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने गरी सहमति भएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियनले महासंघको कार्यलयमा लगाएको ताला आजबाट खुलेको छ ।
फागुन २ गते लगाएको ताला सहमतिमा शुक्रबारबाट खुलेको महासंघको ताला खुलेको छ।

युनियनले असहमति राखेका जिल्ला शाखाहरूका समस्या केन्द्रीय प्रतिनिधिमार्फत् समाधान गरिएको छ भने नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यता विवाद महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने गरी सहमति भएको छ ।
शाखा÷एशोसियट संस्थाहरूमा पनि महासंघ सचिवालयले उपयुक्त विधि र प्रक्रियाबाट हल गरेरै शाखा अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढाउने छ । सहमतिपछि जारी विज्ञप्तिमा महासंघ सबै पत्रकारहरूको साझा संस्था भएकोले सबै सरोकारवाला संस्था र पत्रकारहरूले देखाएका चासोलाई न्यायोचित संवोधन गर्न तत्पर रहेको छ ।

त्यस्तै महासंघको सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम नै हुनेछ । जसअनुसार पूर्वाञ्चलको पाँचथर र सप्तरी शाखाको भोलि हुने भनिएको अधिबेसन तत्काललाई स्थगित गरिएको छ भने सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?