चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल

सारांश

  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो ।
  • कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो ।

कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राख्नुभयो ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उहाँले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?