पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न

सारांश

  • जनकपुर–नेपालका पहिलो राष्ट्रपति डा.
  • रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ ।
  • अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो ।

जनकपुर–नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ । अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो । सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको थियो ।

सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला लगाए भने त्यसपछि औठी साटासाट गरे । सोही क्रममा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए ।

विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा सरिक हुन करिब १ सय जना जन्ती आएका थिए । सोही विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो । यस्तै समाजका भद्रभलादमीहरुले समेत बेहुला र बेहुलीलाई सुखद दाम्पत्यका लागि आर्शिवाद दिएका थिए ।

(wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?