सांसद श्रेष्ठद्वारा अक्षयकोष स्थापना

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • दमौली, २ पुस , तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
  • उहाँले भानु नगरपालिका–५ मैवलस्थित सरस्वती सदन माध्यमिक विद्यालयमा रु ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो ।
  • विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्ना स्वर्गीय बुबा केवलबहादुर श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

दमौली, २ पुस , तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले भानु नगरपालिका–५ मैवलस्थित सरस्वती सदन माध्यमिक विद्यालयमा रु ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्ना स्वर्गीय बुबा केवलबहादुर श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । सो अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययन गर्ने विपन्न एवं जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले आर्थिक रूपमा विपन्न छात्रछात्रालाई सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हुँ ।”

विद्यालयका प्रधानाध्यापक अशोक खत्रीले अक्षयकोषको रकमले वार्षिक रूपमा जेहेन्दार एवं विपन्न बालबालिकालाई सहयोग गरिने बताउनुभयो । सांसद श्रेष्ठले यसअघि स्वर्गीय बुबाको स्मृतिमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखामा समेत रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । सांसदमा निर्वाचित भएदेखि नै सांसद श्रेष्ठले आफूले प्राप्त गर्ने तलब जिल्लास्थित सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?