चेम्बरद्वारा राष्ट्रपति पौडेललाई बधाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
चेम्बरद्वारा राष्ट्रपति पौडेललाई बधाई

सारांश

  • काठमाडौँ ।
  • नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
  • चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।

उनले वर्तमान आर्थिक सङ्कट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको बताएको चेम्बरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
नेपाल आइडललाई राउटेको ढाका टोपी
नेपाल आइडललाई राउटेको ढाका टोपी
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
दुईमध्ये कताबाट रेल पहिला !
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड

तपाईंले छुटाउनुभयो कि?