चेल्सीका ६ जना समर्थकलाई प्रतिबन्ध, एक जनालाई आजिवन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
चेल्सीका ६ जना समर्थकलाई प्रतिबन्ध, एक जनालाई आजिवन

सारांश

  • एजेन्सी ।
  • प्रिमियर लिगमा गएको वर्ष भएको खेलमा रंगभेदी शब्द प्रयोग गरेको आरोपमा लण्डन क्लब चेल्सीका ६ जना समर्थक प्रतिबन्धमा परेका छन्।
  • ती ६ मध्ये एक जना चेल्सी समर्थकलाई आजीवन प्रतिबन्ध लागेको छ ।

एजेन्सी । प्रिमियर लिगमा गएको वर्ष भएको खेलमा रंगभेदी शब्द प्रयोग गरेको आरोपमा लण्डन क्लब चेल्सीका ६ जना समर्थक प्रतिबन्धमा परेका छन्। ती ६ मध्ये एक जना चेल्सी समर्थकलाई आजीवन प्रतिबन्ध लागेको छ ।चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा अघिल्लो वर्ष डिसेम्बर ८ मा भएको खेलमा घरेलु समर्थकले म्यान्चेष्टर सिटीका रहिम स्टर्लिङलाई रंगको आधारमा अपशब्द प्रयोग गरेको प्रमाणित भएपछि प्रतिबन्ध लगाइएको हो।

एक जनालाई आजीवन प्रतिबन्ध लाग्दा अन्य पाँच जनालाई पनि प्रतिबन्ध लगाइएको छ । प्रहरीले त्यस घटनालाई लिएर अनुसन्धान गरेको थियो । उनीहरुलाई अपराधसम्बन्धी कारबाही गर्नका लागि प्रमाण नपुगेकाले दुई वर्षसम्मको लागि प्रतिबन्धमात्र लगाइएको हो ।

यस घटनामा चेल्सीले पछि छुट्टै अनुसन्धान गरेको थियो । तर, क्लबले निर्णय लिन ढिलो भएको जनाउँदै प्रहरीको निर्णय मान्य हुने जनाएको छ । चेल्सीले ६ जना समर्थकले मर्यादा बिर्सेको जनाएको छ ।

यो पनि पढ्नुहोस

केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित

एजेन्सी । इन्ग्लिश क्लब टोटेनहम प्रि–सिजन अन्तर्गत जर्मनीमा आयोजना भएको औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो ।

एलिनाज स्टेडियममा टोटेनहमलाई जित दिलाउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।रियलका मार्सेलोले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै केनले निर्णायक गोल गरेका थिए ।अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिखसँग खेल्नेछ । उक्त खेल बिहिबार राति सवा १२ बजे हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
गाउँपालिकाका अध्यक्षको बिरामीलाई सहयोग
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लोकमान सिंह कार्की  सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
लोकमान सिंह कार्की सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?