बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड

सारांश

  • नयाँ दिल्ली (भारत), ८ वैशाख ।
  • भारत सरकारले बालिका बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ ।
  • हालै भारतको जम्मु काश्मिरमा एक ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।

नयाँ दिल्ली (भारत), ८ वैशाख । भारत सरकारले बालिका बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ ।

हालै भारतको जम्मु काश्मिरमा एक ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो ।

जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको निन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएको थियो । त्यसपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सारेको समाचार एजेन्सीहरुले जनाएका छन् । मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ ।

भारतीय सरकारको पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
सुनको मूल्य प्रतितोला ६०० ले घट्यो
सुनको मूल्य प्रतितोला ६०० ले घट्यो
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था