चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
१६ पटक हेरिएको
Shares
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं ७,फागुन।
  • म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कपअन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको छ ।

काठमाडौं ७,फागुन। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कपअन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको छ ।

खेलको ३१ हौं मिनेटमा पोग्बाको क्रसमा आन्देर हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका थिए।पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रासफर्डको क्रसमा पोग्बाले हेडर गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

घरेलु टोली चेल्सीले खेलको सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?