नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित

सारांश

  • काठमाडौँ ।
  • नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
  • आज आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनित दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए ।

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनित दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए ।

सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन् ।

गत आर्थिक वर्षमा संस्थाको करिब रु दुई अर्ब ४३ करोड बजेट रहेकामा करिब एक अर्ब ७६ करोड मानवीय सेवामा खर्च गरिएको उनले बताए । संस्थाको जिम्मेवारी देशभर बाढी पहिरो, आकस्मिक घटनामा प्रभावितलाई सहयोग गर्नु हो । संस्थाले विपत् व्यवस्थापन, खानेपानी आयोजनामा चालु आर्थिक वर्षमा करिब डेढ अर्बको कार्ययोजना छ ।

नवनिर्वाचित अध्यक्ष नेपालले हालै सम्पन्न निर्वाचनले संस्थाको नेतृत्व चयनमा लामो समयदेखि रहेको विवाद र अन्योलको अन्त्य गरेको बताउँदै आगामी दिनमा मानवीय सेवामा संस्थालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवाले शुक्रबार ५८औँ रक्तसञ्चार दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?