‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
सारांश
- कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् ।
- यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।
- ‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।
‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’ त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे ।
जिम्मेवार नेताले मर्यादा भुल्दै अराजनीतिक गाली गरेर पार्टीलाई नै बदनाम गरेको भन्दै नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महतसहितका नेताले दुई दिनअघिको बैठकमा पौडेलको प्रस्तावको आलोचना गरेका थिए । तर, शुक्रबार जवाफ दिने क्रममा पौडेलले चारपटक प्रधानमन्त्री भए पनि देउवाको पूजा हुँदैन, तर एकपटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहलाई सबैले पुज्ने गरेको बताएका थिए ।
पौडेलले समीक्षा बैठक सुरु हुनुपूर्वकै बैठकमा सभापतिमाथि गुटको मात्र नेता बनेको, विधान मिचेको, नैतिक शब्दकै अर्थान्तर गरेको, शेरबहादुर जिन्दावाद भन्न सिकाएको, तर कांग्रेस जिन्दावाद भन्न नसिकाएको, सभापतिको कमजोर अवस्थाले देशभर कांग्र्रेसलाई खुट्टा राख्ने ठाउँसमेत नभएको जस्ता आरोपले भरिएको पर्चा बाँडेका थिए ।
तपाईंहरूका आँखै पूर्वाग्रही
५१ सालमा गिरिजाप्रसादले संसदीय दलको नेता छाडे पनि यसपटक पार्टी हार्दा देउवाले नछाडेको भन्दै लोभ देखाएको आरोप पौडेलले लगाए । ‘त्यागले मान्छेलाई माथि लान्छ, तर भोगले पतन गराउँछ भन्न खोजेको हो । मैले कति धेरै सुझाब पनि दिएको छु, तर साथीहरूले सुझाब देख्नुभएन,’ आफूमाथि सभापति पक्षधर नेताले लगाएको आरोपको खण्डन गर्दै पौडेलले भने, ‘तपाईंहरू यस्तै पूर्वाग्रही आँखाले हेर्नुहुन्छ । आरोप लगाएको भन्नुहुन्छ । हिजो गिरिजादेखि सुशीलजीलाई नालायक भन्ने अनि राजीनामा माग्ने तपाईं नै हो, मैले त हट्नुस् भन्या छैन । तपाईंले जस्तो भनेको छैन । सुधारेर जाऊँ भनेको छु ।’
हारको जिम्मा सभापतिले नै लिनुपर्छ
निर्वाचनमा पार्टीले अनपेक्षित पराजय बेहोरेको भन्दै पौडेलले यसमा नैतिक जिम्मेवारी सभापतिको भएको प्रस्ट्याए । ‘पार्टीको नेतृत्व गर्ने र उहाँकै नेतृत्वमा निर्वाचनमा गएपछि हारको नैतिक जिम्मेवारी उहाँकै हो,’ उनले भने, ‘हामी अरूले पनि कति जिम्मेवारी लिनुपर्ने हो लिन्छौँ, तर उहाँ जिम्मेवारी नलिइकन उम्किन मिल्दैन ।’
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Madhav Prasad Aryal
Fatyai garera bhakoho
Manoj Lamichhane
तपै त्यै लड़ाई मा १७ चोटी हार्नु भो , उनी ४ पल्ट खाएरै छाडे!
Mohan Mainali
काग्रेस का बुडानेता हरु …र बुडो गोरु ले गाई अोगटेको एउटै हो ।पानिमा ढुँगा पकाउनु र काग्रेस सुद्रीनु एकै हो ….।
Sanjay Lama
Yini 40 palta bhayeni bal 6aina euta bidhyarthi le prasna sodhda jawaf dinu ta ka ho ka ulto tharkayera trasit banauna khojne hamro PM hunasakdaina kahile sakdaina
Prem Kumal
Toka toka buda man ko bad la
Rudra Ghimire
Indian ko lagi ho ni yo 4 bar nepali pm
Shiva Kumar Thapa
खालि लडेरै बस।बि पि काे समाज वाद लाई बिर्सेर बाटो बिरायाै।चुनावमा अरुकाे कठपुतली भयर नाच्याै।अघि राण जानिन पछि राण पानिन बाघ लाग्याे घिच्याउन राडि लागि चिच्याउन।हार्दिक जय नेपाल।
Magar Petar
kuro ok xaa
कृष्ण राउत निर्दोस
Very good
Laxman Dahal
ramchandra baa lai 1 patak prime minister banauna paya marne belama sas ramro saga jantho ke
Ajit Sharma
शेर काे पुच्छर मा काेईराला थर झुन्डिएको भए पाैडेल बा पुजा मात्र हैन खुट्टा कै जल खानेथिय,पाैडेल बा लाई संझना छ कि छैन पहिलाे पटक सभामुख काे पद पाय पछि भट्टराई जी लाई भेट्न जाँदा भट्टराई जी रिसायर लुंगि सिमलेर ल तेराे सभामुख भनेर पाैडेलजी काे राजनितिक भविष्य काे दर्शन गराउनु भयकै थियाे, तेस बेला सभामुख काे लाेभ मा नपरेकाे भय शेर बहादुरजी काे ठाउँ मा पाैडेल बा संसदिय दल काेनेता हुने थिय अनि देश काे प्रधानमन्त्री तर पाैडेल बा लाई सभामुख भयर निर्धक्क ५बर्ष संम गाडी ,गार्ड र सभामुख काे तलब काे लाेभ थियाे जाबाे मिलिजुलि सरकार काे प्रधानमन्त्री किन हुने, अहिले पाैडेल बा शेरबहादुर जी काे खेदाे गर्दा हाँसाे उठ्छ यी लाेभि ले छाेरा, संधि बाहेक अरु काे भलाे गरेकाे कसैलाई थाह छ?
Ghana Shyam Luitel
Kick out shara from the party