कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते

सारांश

  • कन्चनपुर ७ भदाै ।
  • निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै केही दिनयता तनावग्रस्त रहेकाे कन्चनपुरमा बिहिबार गाेली चलेकाे छ ।
  • अान्दाेलनले उघ्ररुप लिएपछि प्रहरीले गाेलि चलाएकाे थियाे ।

कन्चनपुर ७ भदाै । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै केही दिनयता तनावग्रस्त रहेकाे कन्चनपुरमा बिहिबार गाेली चलेकाे छ । अान्दाेलनले उघ्ररुप लिएपछि प्रहरीले गाेलि चलाएकाे थियाे ।प्रहरीकाे गाेली लागेर ३ जना घाइते भएका छन् । उनीहरुकाे अन्चल अस्पतालमा उपचार भैरहेकाे छ । आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीयले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गाली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ । प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

केही हप्ता अघि बलात्कार पछि हत्या गरिएकि १३ वर्षिय निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन केही दिनयता कन्चनपुरकाे स्थिति तनावग्रस्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?