चौंरी बिक्री नहुँदा सास्ती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
चौंरी बिक्री नहुँदा सास्ती

सारांश

  • फुङ्लिङ (ताप्लेजुङ)।
  • जंगलको बीचमा वर्षौंदेखि व्यावसायिक चौंरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका-५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा।
  • त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन ।

फुङ्लिङ (ताप्लेजुङ)। जंगलको बीचमा वर्षौंदेखि व्यावसायिक चौंरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका-५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा। त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जंगलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ। चकमन्न जंगलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौंरीखर्क। कलकल सुसाइरहेको हिमाली खोल्सो। चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ।

शेर्पाको पुख्र्यौली पेसा चौंरीपालन हो। तर उनी केही समय पुख्र्यौली पेशालाई छाडेर होटल व्यसायमा लागे। उनले स्खुवासभा जिल्ला र काठमाडौं गरी १३ वर्ष होटल सञ्चालन गरे। सो व्यवासय गर्दा आफ्नो पुर्खाले गरेको चौंरीगोठ सम्झना आइरहन्थ्यो। उनले भने, “होटल व्यवसाय मन परेन , बिक्री गरेर पुख्र्यौली पेशामै फर्किन मन लाग्यो।” शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा दुई सय ५० भन्दा बढी चौंरी छन्। चार वर्ष अगाडि एउटा चौंरी ७० हजारदेखि एक लाख ४० हजारसम्ममा चीनमा निर्यात हुन्थ्यो। कोभिड-१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौंरी बिक्री ठप्प भएको छ। चिनियाँ बजारमा राम्रो मूल्यमा चौंरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौंरीपालन लागेका शेर्पा अहिले निराश छन्। उनले भने, “होटल बेचेर यहाँ आइयो। गोठ विस्तार गरे। तर नाका नखुल्दा चौंरी बिक्री हुन छाड्यो।”

फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौंरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो। उनको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ। छोराछोरीलाई अंशका रूपमा चौंरी बाँडेर पनि उनीसँग अहिले ४० छन्। बाह्र दुहुना छन्। बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चाैंरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ।

चौंरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ। विगत चौंरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो। चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन। अहिले चौंरीलाई नुन खुवाउनसमेत मुस्किल भएको शेर्पाले बताए। मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौंरीगोठमा चौंरी स्याहार्नमा व्यस्त छन्। शेर्पाले पनि विगत चार वर्षदेखि चौंरी बिक्री गर्न सकेका छैनन्।

मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा दुई र याङ्मा क्षेत्रमा नौवटा चौंरीको घुम्तीगोठ छ। मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताए।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन्। हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ। दैनिक चौंरी चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौंरीपालनप्रति आकर्षित हुने गर्दछ। तर कोभिड-१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौंरीपालक चिन्तित बनेका छन्।

टिप्ताला नाका खुलाउने पहल जारी

कोभिड-१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ। दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो।
गत मंगलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ। तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएका थिए।

फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मंगलबार अनौपचारिक छलफल भएको हो। छलफलमा नेपालका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङवीर हाङ्गाम ,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा सहभागी थिए।

दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ। छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
विपदमा परी हालसम्म एक सय ७० को मृत्यु
विपदमा परी हालसम्म एक सय ७० को मृत्यु
जनवादी गायक जीवन शर्मा पार्टी एकता र फुटको संस्कृतिबारे यसो लेख्छन्
जनवादी गायक जीवन शर्मा पार्टी एकता र फुटको संस्कृतिबारे यसो लेख्छन्
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
ERP Enactment Measurement
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
आईजिपी खनालको दाबी : निर्मला प्रकरणमा नेपाल प्रहरी चुकेको छैन् (भिडियोसहित)
आईजिपी खनालको दाबी : निर्मला प्रकरणमा नेपाल प्रहरी चुकेको छैन् (भिडियोसहित)
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित

तपाईंले छुटाउनुभयो कि?