कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १, २०७७
|
|
२८ पटक हेरिएको
Shares
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“

सारांश

  • बीबीसी।
  • कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले “मलाई जे पनि हुन सक्थ्यो“ भनेका छन्।
  • आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए।

बीबीसी। कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले “मलाई जे पनि हुन सक्थ्यो“ भनेका छन्।

आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए। कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।

बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताए। सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले “व्यक्तिगत साहस“ देखेको बताएका छन्।

प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए।

त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले धन्यवाद दिए।

राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।
“त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ,“ प्रधानमन्त्री जोनसनले भने।

प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ।“आफ्ना चिकित्सक टोलीको सुझाव अनुसार प्रधानमन्त्री तत्काल काममा फर्किनु हुने छैन। उहाँले सेन्ट टमसेज अस्पतालमा पाएको उत्कृष्ट हेरचाहका लागि सबैलाई धन्यवाद दिन चाहनुभएको छ।“

शनिवार साँझ पाँच बजेसम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७३७ जनाको ज्यान गएको छ। योसँगै त्यहाँ कोभिड(१९ रोगबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या १०,६१२ पुगेको छ।

स्वास्थ्यमन्त्री म्याट हान्ककले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको खबरबाट “आनन्द महसुस भएको“ बताएका छन्।

स्वास्थ्यमन्त्रीले भनेका छन्, सेन्ट टमसेज अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्रीको हेरचाह “त्यसरी नै गरेका छन् जसरी देशका अरू मान्छेहरूलाई गर्थे।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य
एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार
सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
मनसुनपछि ८५ को मृत्यु
सिन्धुपाल्चोक २ मा शेरबहादुरले पशुपति शमशेरलाई ७ हजार मतान्तरले हराए
सिन्धुपाल्चोक २ मा शेरबहादुरले पशुपति शमशेरलाई ७ हजार मतान्तरले हराए
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
के.आई.एनको ३ वर्षे प्रतिवेदन सार्वजनिक ः ३ सय ६१ जनालाई पुर्नमिलन
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा

तपाईंले छुटाउनुभयो कि?