माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म

सारांश

  • काठमाडाैं, २३ असाेज ।
  •   नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा आन्तरिक असन्तुष्टि सार्वजनिक भएको बेला सोमबारको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि नै दर्ता गरेको असहमति पत्र पेस गरिएको छ ।
  • नेता नेपालले आफू घाना र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुअघि आफूहरू नफर्किंदासम्म बैठक नै बस्नु परे तापनि कुनै विशेष निर्णय नगर्न आग्रह गरेका थिए ।

काठमाडाैं, २३ असाेज ।  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा आन्तरिक असन्तुष्टि सार्वजनिक भएको बेला सोमबारको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि नै दर्ता गरेको असहमति पत्र पेस गरिएको छ । नेता नेपालले आफू घाना र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुअघि आफूहरू नफर्किंदासम्म बैठक नै बस्नु परे तापनि कुनै विशेष निर्णय नगर्न आग्रह गरेका थिए । तर पार्टी नेतृत्वले त्यसलाई बेवास्ता गर्दै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव नियुक्त गरेको थियो । त्यसबारे नेता नेपालको असन्तुष्टि रहेको नेकपाका नेता वामदेव गौतमले बताए । सोमबारको बैठकमा नेताहरले आफ्ना विदेश भ्रमणबारे बिफ्रिङ गरेकाले यस विषयमा बुधबार बस्ने अर्को बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेपाल पक्षधर कतिपय नेताहरू सचिवालयले ‘एकलौटी ढङ्गबाट’ एकै व्यक्तिलाई दोहोरो पद नदिने पार्टीले नै यसअघि बनाएको मापदण्ड समेत मिचिएको बताएका छन् ।

एक स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन् ‘असन्तुष्टि भन्दा पनि विधि र मापदण्डमा टेकेर सबै कुराहरू गर्नुपर्छ भन्ने हो ।’ निर्णयमा पुर्नविचार नहुँदासम्म आफू पछाडि नहट्ने मनस्थितिमा नेता नेपाल नरहेको स्थायी समितिको बैठकबाट मात्र त्यसलाई अनुमोदन गर्न सकिने नेपाल पक्षधर नेताहरूको मत पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेकै बेला नेता नेपालले उक्त असहमति पत्र पार्टी महासचिवलाई बुझाएका थिए । नेता गौतमले प्रदेश नेताहरूबारे गरिएको निर्णय स्थायी समितिबाट अनुमोदन गर्ने गरी नै भएकाले वरिष्ठ नेता नेपालले विदेश जानुअघि ‘विशेष निर्णयहरू नगर्न’ गरेको आग्रह नै उपयुक्त नरहेको बताउँछन् ।

उनले निर्णय सच्चिने भन्दा पनि निर्णयमा भएका कतिपय कुराहरू सच्चिन सक्ने बताए । ‘अब छलफल हुँदा यही निष्कर्षमा अड्न वा नयाँ निष्कर्षमा पुग्न सकिन्छ ।’ तर नेकपाकै अर्का नेता युवराज ज्ञवालीले भने पार्टीले तल्ता तहमा उक्त निर्णयको सर्कुलर नै पठाउन थालिएकाले पुर्नविचारको त्यस्तो आग्रह गरिएको हो । यसअघि पार्टीको वरियताबारे अर्का वरिष्ठ नेता झलनाथ खनालले समेत असन्तुष्टि दर्ता गरेका थिए। तर त्यसबारे छलफल अगाडि बढाइएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?