शारीरिक सम्पर्क को क्रममा महिलाको ज्यान गए पछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • रुकुम,  १६ जेठ।
  •   मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो ।

रुकुम,  १६ जेठ।  मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?