प्रम अाेली अस्पताल भर्ना: सचिवालय र संचारमाध्यम कस्ले भ्रम फैलाउदै छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रम अाेली अस्पताल भर्ना:  सचिवालय र संचारमाध्यम कस्ले भ्रम फैलाउदै छ ?

सारांश

  • काठमाडाै, २५ मंसिर।
  •   प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन्।
  • महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट चार दिनको उपचारपछि डिस्चार्ज भएको ३९ दिनपछि सोही अस्पतालमा नियमित स्वास्थ्य जाँच लागि प्रधानमन्त्री ओली पुगेका हुन्।

काठमाडाै, २५ मंसिर।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट चार दिनको उपचारपछि डिस्चार्ज भएको ३९ दिनपछि सोही अस्पतालमा नियमित स्वास्थ्य जाँच लागि प्रधानमन्त्री ओली पुगेका हुन्। छातीको संक्रमण र शरीरमा असन्तुलित चिनीको मात्राका कारण त्यतिबेला अस्पताल भर्ना भएका उनी मंगलबार मुटु जाँचका लागि उक्त सेन्टर पुगेका थिए। सेन्टरका मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको ‘इसीजी’ र ‘इको’ गरिएको छ, त्यसको रिपोर्ट सामान्य आएको छ। तर, चिकित्सकहरुले धेरै दौडधूप नगर्न र खानपानमा विशेष ख्याल गर्न भने उनलाई सुझाएका छन्। करिव ११ वर्ष अघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यसको नियमित औषधि सेवन गर्दै आएका छन्। व्यस्त जीवनशैलीका कारण पटकपटक उनी विभिन्न संक्रमणबाट समेत ग्रसित हुँदै आएका छन्।

याे देशसंचारमा दिपा दाहालकाे वाइलाइन सहित प्रकाशन भएकाे समाचार हाे ।

तर यसैबारे सञ्चारकर्मीहरुले प्रधानमन्त्री ओलीको सचिवालयमा यसबारेमा बुझबुझारथ गर्दा  ‘कहाँबाट यस्तो हल्ला चल्यो कुन्नि, मलाई ४–५ जना पत्रकार साथीहरुले फोन गरेर सोधिसके’ प्रम ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘तर, उहाँ स्वस्थ हुनुहुन्छ, अस्पताल भर्ना हुनुभएको पनि छैन।’ अर्यालका अनुसार अहिले केहीबेरमै सम्बैधानिक परिषदको बैठक बस्दैछ। र, बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली सिँहदरवार जाँदैछन्। ‘स्वस्थ नहुनु भएको भए बैठकमा जानु हुँदैनथ्यो’ सल्लाहकार अर्यालले थपे, ‘उहाँको स्वास्थ्यमा कहीँकतै समस्या छैन। बेकारको हल्ला चलाइएको छ।’ कस्ले यस्ताे हल्ला चलाउछ कुन्नि ? याे समाचार नेपाल खबर र शिखरन्युजमा प्रकाशन भएकाे छ ।

यि दुइकिसिमका समाचार र तथ्यमध्य कुन तथ्य सहि र कुन गलत मान्ने ? यदि प्रम अाेली बिरामि भएकै हुन भने सचिवालयले किन झुट बाेलिरहेकाे छ। हाेइनभने संचारमाध्यममा यसरि वाइलाइन सहित कसरि समाचार अाउँछ ?

(भिम बहादुर फडेरा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?