‘छक्का पन्जा ३’ काे जादु अमेरिकामा पनि
सारांश
- काठमाडाैँ, २५ कात्तिक ।
- ‘छक्का पञ्जा ३’ ले अमेरिकाकाे डालस टेक्सासमा सबैभन्दा लामाे समयसम्म प्रदर्शन हुने नेपाली चलचित्र बनेकाे छ ।
- चलचित्र १ महिनादेखि लगातार प्रदर्शनमा छ ।
काठमाडाैँ, २५ कात्तिक । ‘छक्का पञ्जा ३’ ले अमेरिकाकाे डालस टेक्सासमा सबैभन्दा लामाे समयसम्म प्रदर्शन हुने नेपाली चलचित्र बनेकाे छ । चलचित्र १ महिनादेखि लगातार प्रदर्शनमा छ । छक्का पन्जा ३ यसअघि नै सबैभन्दा बढी कमाउने नेपाली चलचित्र बनिसकेकाे थियाे ।
यसअघि ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘लुट २’ ३ साता नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसककेो छ । अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको डालसका लागि आधिकारिक वितरक नेप्सिेन र प्लानेट थ्री फिल्मस्ले जानकारी दिएका छ । ‘छक्का पन्जा ३’को सफलतासँगै विदेशमा नेपाली चलचित्र प्रदर्शनका लागि हौसला मिलेको वितरकले बताएका छन् ।
नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया