एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
७०८ पटक हेरिएको
Shares
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको बलियो संगठनसहित पूर्णकदको राजनीति देखेर सत्तासिन दलहरु आत्तिएको बताएका छन् ।
  • एमालेको स्कुल विभागले लतिलपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलील नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाम नै लिएर एमालेको ससक्त संगठन देखेर आत्तिएको बताए ।
  • कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत एमालेलाई कसरी तह लगाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो एमाले नभएको बताए ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको बलियो संगठनसहित पूर्णकदको राजनीति देखेर सत्तासिन दलहरु आत्तिएको बताएका छन् ।
एमालेको स्कुल विभागले लतिलपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलील नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाम नै लिएर एमालेको ससक्त संगठन देखेर आत्तिएको बताए ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत एमालेलाई कसरी तह लगाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो एमाले नभएको बताए ।
राम्रा नीति र कामले जनतामा राम्रो छवि बनाउन सफल भएकाले एमाले सबैको इष्र्याको केन्द्र बनेको र त्यो स्वभाविक भएको उनले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू सरकारमा रहँदा र बाहिर रहँदा दलहरुले भिन्न भिन्न ढंगले लोकतन्त्रको परिभाषा गर्ने गरेको भन्दै उनले एमालेले भने त्यसो नगर्ने बताए । एमाले विश्वव्यापी मान्यता अनुसार लोकतन्त्रको मूल्य र मान्यता अनुसरण गर्दे अघि बढ्ने तर, कसैको अनुकरण नगर्ने ओलीले बताए ।
हाउभाउसहित माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डतर्फ इंकित गर्दे उनले आफूहरुले कहिल्यै अनुकरण नगर्ने दाबी गरे । एमाले सरकारमा गए सकारात्मक काम गरेर मुलुकमा तहल्का मच्चाउने उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ !
गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो
गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा
योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा