छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने

सारांश

  • शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।
  • आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।
  • सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

यसैबीच जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पती सीडीओ पत्नी स्वकीय सचिव !
पती सीडीओ पत्नी स्वकीय सचिव !
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
अधिकांश विद्यार्थी भोकभोकै विद्यालय जान वाध्य
बालुवाटारमा ओली र प्रचण्डले २ घण्टा के विषयमा छलफल गरे ?
बालुवाटारमा ओली र प्रचण्डले २ घण्टा के विषयमा छलफल गरे ?
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
यस्ताे छ शनिबार विदेशी मुद्राकाे बिनिमयदर
यस्ताे छ शनिबार विदेशी मुद्राकाे बिनिमयदर
निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए
निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन