पती सीडीओ पत्नी स्वकीय सचिव !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
पती सीडीओ पत्नी स्वकीय सचिव !

सारांश

  • काठमाडौं, ३२ असार ।
  • धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद पराजुलीले जनकपुरमा कार्यभार सम्हालेको झन्डै तीन महिना भयो ।
  • उनका स्वकीय सचिवका रुपमा निजामतीबाट शिवचरणले काम गर्दै आएका छन् ।

काठमाडौं, ३२ असार । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद पराजुलीले जनकपुरमा कार्यभार सम्हालेको झन्डै तीन महिना भयो । उनका स्वकीय सचिवका रुपमा निजामतीबाट शिवचरणले काम गर्दै आएका छन् ।

तर, सीडीओ पराजुलीले स्वकीय सचिवको रुपमा पत्नी सुषमालाई पनि नियुक्त गरेको पाइएको छ। रौतहटका सीडियो गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रुपमा कार्यरत् छन् । तर, सीडीयो रिजालले करारतर्फ स्वकीय सचिवका रुपमा भाइ वासुदेव रिजाललाई नियुक्ति दिलाएका छन् ।सप्तरीका सीडीओ सुरेन्द्र पाडैलले स्वकीय सचिव पदमा उचित मान्छे राखिएको बताए पनि नाम नखुलाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचारमा छापिएको छ ।

‘सिरहा, सर्लाही, बारा, पर्सासहित अन्य जिललाका सीडीओको पनि अवस्था उस्तै रहेको छ । करारमा राखिने स्वकीय सचिवमा सीडीओले नातेदारलाई जागिर खुवाउने गरेका छन् । सरकारले सीडीओका लागि एक सवीकय सचिव करारमा राख्न पाउने व्यवस्था गरेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?