बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य

सारांश

  • काठमाडौँ ,सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य।
  • दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो ।
  • काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्।

काठमाडौँ ,सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो । काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अहिले शशिविक्रम थापासँग शास्त्रीय संगीत सिकिरहेकी छिन। बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनि संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन । परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनि जादुमय आवाजकी धनि छिन ।

बिगत ६ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो। यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन्। पहिलो गीत नै मदन दाइसँग गाउन पाउनु मेरो लागि ठूलो कुरा थियो, उनी सम्झिन्छिन्, एक्लै गीत गाएको देखेर मलाई हौसला दिन उहाँले मसँग गीत गाउनुभयो।

‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत दर्जनौ चर्चित गीतहरु गाएकी छिन्। आफ्ना गीतमा प्रायः उनी आफैँ मोडलिङ गर्छिन् उनि। ‘मोडलिङ गर्छु भनेर गरेको होइन,’ उनी भन्छिन्, मोडलिङको कोसिस मात्र गरेकी थिएँ। दर्शकले रुचाउनुभयो। दर्शकको मायाले गायिका र मोडलिङमा सक्रिय बनायो ।

यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका सोनाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी सोना उद्यमीसमेत हुन्। उनको आफ्नै फुलसर्कल विज्ञापन एजेन्सी छ। उनी मेहनतमा विश्वास गर्छिन्। अफिस र संगीतको तालमेल मिलाउन कहिलेकाहीँ हम्मे–हम्मे पर्छ, उनी सुनाउँछिन्, अफिसबाट बचेको समय गीतका लागि छुट्याउँछु। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छा भएमा समय त जसरी पनि मिलाउन सकिँदो रहेछ।’

फुर्सदको समयमा आफ्नै कार्यालयमा समेत संगीत सिक्दै रमाउने उनि भन्छिन् गित संगीत संस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि ।काममा सधै व्यस्त रहन रुचाउने उनलाई युवा पुस्ता अल्छी भएर बसेको फिटिक्कै मन पर्दैन। ‘युवाले आफ्नो समय बर्बाद गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘आफूलाई केही न केही काममा व्यस्त राख्नुपर्छ। गित संगीतमा राम्रो भबिष्य देख्ने सोना फुर्सदमा देश विदेशको भ्रमण गर्न रुचाउछिन ।

बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य पछीलो समयमा पाश्र्व गायनमा पनि व्यस्त छन भने विभिन्न कार्यक्रममा पनि गायीका सोनाले दर्शकको मन र माया जीत्दै आएकी छीन् । गित संगितमा अब्बल मानिएकी गायिका सोना नेपालमा गीतसंगीत क्षेत्रमा राम्रो स्वर, ज्ञान र अनुभव भएकी गायिकामा पर्छिन । चाडैनै नयाँ नयाँ गित बजारमा लिएर आउन लागेकी उनि सांगीतिक क्षेत्रमा एक नक्षत्रको रुपमा परिचित छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
हरेक जिल्लामा नमुना आयोजना : मुख्यमन्त्री पौडेल
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…
जागिरको प्रलोभन देखाएर क्रिश्चियन बनाएपछि…
प्रचण्डलाई काठमाडौँ किन जंगल जस्तो लाग्न थाल्यो?
प्रचण्डलाई काठमाडौँ किन जंगल जस्तो लाग्न थाल्यो?
छठपछि सिंहदरबार घेर्ने तयारी !
छठपछि सिंहदरबार घेर्ने तयारी !