इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा

सारांश

  • एजेन्सी ।
  • अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
  • मंगलबार भएको खेलमा घरेलु टोली ईङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको फराकिलो जित निकालेको हो ।

एजेन्सी । अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा घरेलु टोली ईङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको फराकिलो जित निकालेको हो । ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका मशमतुल्ला शाहिदीले ७६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । रहमत साह ४६, असगर अफघान ४४ रन र कप्तान गुलबदीन नायब ३७ रन बनाएर आउट भए । अफगानिस्तानलाई दबाबमा राख्दै ईङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३–३ विकेट लिए । मार्क उडले २ विकेट हात पारे ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वा्धिक ठुलो स्कोर हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वा्धिक छक्का हो ।
यस्तै जो रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनाए । अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३–३ विकेट लिए ।

ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । अंक विहिन अफगानिस्तान तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
नेपालकाे विजयी शुरुअात, माल्दिभ्स ४-० ले पराजित !
नेपालकाे विजयी शुरुअात, माल्दिभ्स ४-० ले पराजित !
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ
मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ
संविधानको धारा १०० किन निष्क्रिय पार्न मिल्दैन ?

तपाईंले छुटाउनुभयो कि?