छात्रालाई साइकल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७९
|
|
३२ पटक हेरिएको
Shares
छात्रालाई साइकल

सारांश

  • काठमाडौँ ।
  • दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ।
  • क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो ।

काठमाडौँ ।दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ।क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो ।

त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिनुभयो । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताउनुभयो । सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन् ।

सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो । विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिनुभयो ।

बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ । हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताउनुभयो ।

(https://thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता
अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
पूर्वसभामुख ढुङ्गानाले सभामुख महरालाई के भने ?
पूर्वसभामुख ढुङ्गानाले सभामुख महरालाई के भने ?
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन
अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन
कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने समझदारी
कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने समझदारी

तपाईंले छुटाउनुभयो कि?