भूकम्पपीडितका पुनःनिर्माणका लागि भू–स्वामित्व भएन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
भूकम्पपीडितका पुनःनिर्माणका लागि भू–स्वामित्व भएन

सारांश

  • बनेपा, २१ असोज, काभ्रेपलाञ्चोकमा गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्याले पुनःनिर्माणका लागि भूकम्प पीडित स्थानीयवासीलाई पिरोल्न थालेको छ ।
  • खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् ।
  • केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्, भने केहीले दोस्रो र तेस्रो किस्ता नपाएर अलपत्र परेका छन् ।

बनेपा, २१ असोज, काभ्रेपलाञ्चोकमा गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्याले पुनःनिर्माणका लागि भूकम्प पीडित स्थानीयवासीलाई पिरोल्न थालेको छ ।

खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् । केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्, भने केहीले दोस्रो र तेस्रो किस्ता नपाएर अलपत्र परेका छन् ।

कसैले पुनःनिर्माणका लागि कुनै पनि राहत नै पाएका छैनन् भने कसैले रु ५० हजार लिएर पनि घर बनाउनसकेका छैनन् ।

जिल्लाको भूम्लु गाउँपालिका, मण्डनदेउपुर गाउँपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिकालगायतका क्षेत्रमा भू–स्वामित्व आफ्नो नहुँदा सरकारले दिएको राहतमा पनि स्थानीयवासीको पहँुच स्थापित हुन सकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलका प्रमुख ध्रुव गँैडाले साविक घर बनाएको ठाउँमा नै पुनःनिर्माण हुने उल्लेख गर्दै निस्साका आधारमा पुनःनिर्माण गर्न सकिने बताउनुभयो ।

उहाँले त्यसका लागि शौचालयसहितको भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्नेमा जोड दिँदै कतिपय ठाउँमा वर्षौदेखि तिरो नतिरेको समस्या देखिएको छ भन्नुभयो ।

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठीका विभिन्न प्रकार रहेकाले त्यसको खारेजी आवश्यक भएको उल्लेख गर्दै गुठी खारेज भए त्यस जग्गामा अधिकार स्थापित हुने बताउनुभयो ।

भू–स्वामित्व नभएको जग्गामा घर बनाएर त्यस घरमा कस्को अधिकार हुने भन्दै उहाँले गुठी लगायतका जग्गामा सामन्तवादको अवशेष अहिले पनि रहेको छ भन्नुभयो ।

द्वन्द्व रुपान्तरण केन्द्रका संवादकर्ता पत्रकार मधुसुदन गुरागाईंले पुनःनिर्माणमा भूमि सम्बन्धी समस्याले प्रभाव पारेकाले स्थानीयवासीको पक्षमा वकालतको काम गर्न खोजिएको बताउनुभयो ।

एक तथ्यांकअनुसार जिल्लामा ३००० घरपरिवार गुठी जग्गामा, खाँण जग्गा ४०० रोपनी र चार हजार ५०० घरपरिवार सुकुम्वासी रहेका छन् । गुठी जग्गा पनि नुन छर्ने, जात्रा देखाउने, टपरी लगायतका छन्, भने खाँण जग्गा पाँचखाल नगरपालिकाको दनुवार बस्तीमा रहेको छ । तत्कालीन चन्द्रध्वज खाँणको नाममा रहेको जग्गा भएकाले त्यसलाई खाँण जग्गा नामाकरण भएको हो ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले खाँण जग्गा राणाको बिर्ता भएको उल्लेख गर्दै टाठावाठाले विसं २०५४ मा पुर्जा लिएको जानकारी दिनुभयो ।

गुठी संस्थान, धुलिखेलकाअनुसार काभ्रेपलाञ्चोकमा तैनाथी गुठी जग्गा १३७ रोपनी १४ आना दुई पैसा एक दाम, अधिनस्थ गुठी जग्गा २६ हजार २६२ रोपनी ११ आना, तीन पैसा, एक दाम र रैतानी गुठी जग्गा दुई हजार ८९० रोपनी, सात आना दुई पैसा रहेको रहेको छ ।

संस्थानका वरिष्ठ लेखापाल युवराज रेग्मीले आर्थिक वर्ष २०७३÷७४ असारदेखि गुठी जग्गाको दर्ता बन्द भएपछि थप समस्या आएको जानकारी दिनुभयो । जिल्लामा ११० गुठी छन् त्यसमध्ये ८० गुठी जात्रा पर्व चलाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन
निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन
आस्थाको “उज्यालोकोे खोजी”मा प्रदीपको यस्तो “प्रयास”
आस्थाको “उज्यालोकोे खोजी”मा प्रदीपको यस्तो “प्रयास”
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
काभ्रे २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् ।
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
विश्व सुन्दरीको ताज अफ्रिकी युवती जोजिबीनीलाई
विश्व सुन्दरीको ताज अफ्रिकी युवती जोजिबीनीलाई