धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
सारांश
- सर्वसाधारणलाई विभिन्न रोग परमेश्वरले निको पार्ने भ्रम छरेर धर्म परिवर्तन गराउने १ जना पक्राउ परेका छन् ।
- पोखरा १७ महतगौंडामा रहेको सच्चाईको सत्संगका जमबहादुर पुनलाई शनिबार प्रहरीले पक्रेको हो ।
- सर्वसाधारणलाई सबै धर्म मान्न मिल्ने, रोग निको हुने प्रलोभन दिएर हरेक शनिबार यहाँ बोलाउने गरिएको थियो ।
सर्वसाधारणलाई विभिन्न रोग परमेश्वरले निको पार्ने भ्रम छरेर धर्म परिवर्तन गराउने १ जना पक्राउ परेका छन् । पोखरा १७ महतगौंडामा रहेको सच्चाईको सत्संगका जमबहादुर पुनलाई शनिबार प्रहरीले पक्रेको हो ।
सर्वसाधारणलाई सबै धर्म मान्न मिल्ने, रोग निको हुने प्रलोभन दिएर हरेक शनिबार यहाँ बोलाउने गरिएको थियो । महतगौंडाका स्थानीयले यसबारे चासो राखेर सोधखोज गर्दा सच्चाइले बाइबल र प्रार्थना किताब सर्वसाधारणलाई किन्न लगाएको पाइएको छ । मूल्य उल्लेख नभएको बाइबलको सर्वसाधारणले ६ सय ७० रुपैयाँ तिरेका छन् ।
शनिबार कार्यक्रमका लागि उपस्थित करिब २० जनाकै अगाडि जमबहादुर र उनकी छोरीले आफूहरु क्रिस्चियन भएको र सच्चाई त्यही धर्म भएको स्वीकारेका थिए । परमेश्वरको ध्यान गरे मुटुरोग, सबै प्रकारका रोग निको हुने भनी घरदैलो गरेर उनीहरुले त्यस क्षेत्रका स्थानीयलाई भेला गराएका हुन् । जुमबहादुरले भने, ‘परमेश्वरको कृपाले धेरै जना निको भएका छन् । गलत काम गरेका छैनौं ।’
सच्चाईले विभिन्न क्षेत्रमा शाखा खोलेको छ । सुरुमा अरु धर्म मान्न पाइने भनी सर्वसाधारणलाई झुक्याइने गरेको छ । बाइबल पढाउने, भजन गाउन लगाउने गर्दै विस्तारै धर्म परिवर्तन गराउने सच्चाइको कुटिल तरिका हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । स्थानीय दीपक आचार्य घरघरै गएर सच्चाईमा गए निको हुन्छ भनी भ्रम छर्ने र छिमेकीलाई वाधा हुने गरी होहल्ला गरेकाले प्रशासन गुहारेको बताए । उनले भने, ‘रोग निको हुन्छ भनेर मुटुरोगीलाई भजन गाउन लगाउनेहरुले उनीहरुको ज्यान तलमाथि भए जिम्मा लिन्छन् ?’
पोखराका लामाचौरमा रहेको सच्चाईले विभिन्न क्षेत्रमा शाखा खोलेको छ । सुरुमा अरु धर्म मान्न पाइने भनी सर्वसाधारणलाई झुक्याइने गरेको छ । बाइबल पढाउने, भजन गाउन लगाउने गर्दै विस्तारै धर्म परिवर्तन गराउने सच्चाइको कुटिल तरिका हो ।
सबै धर्म मान्ने त्यहाँ भएको दाबी गरिए पनि उनीहरुका गुरुमध्ये एक जना पनि क्रिस्चियनबाहेक अरु धर्मका छैनन् । सिधै धर्म परिवर्तन गर्न कठिन भएपछि उपचार र विश्वासको आवरणमा छिरेक भ्रम फिजाउने सच्चाईलाई प्रशासनले कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।
समाचार श्रोत : नेपालदुत
प्रतिक्रिया