एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित

सारांश

  • काठमाडौं।
  • एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ ।
  • प्रतियोगिताका सबै खेलमा ३–० को सोझे सेटमा जीत निकाल्दै नेपालले फाइनलसमेत जीतेर उपाधिमाथि कब्जा जमाएको हो ।

काठमाडौं। एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ । प्रतियोगिताका सबै खेलमा ३–० को सोझे सेटमा जीत निकाल्दै नेपालले फाइनलसमेत जीतेर उपाधिमाथि कब्जा जमाएको हो ।आज माल्दिभ्ससँग भएको फाइनलको पहिलो सेट २५–१३ ले जितेको नेपालले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले जितेको हो । नेपालले प्रतियोगितामा समूह चरणमा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको थियो ।

नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?