अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन

सारांश

  • शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् ।
  • शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो ।
  • ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’

त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन ’ अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् । पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो ।

‘दिने नै हो भने एकपटक श्रीमान् र बाआमालाई सोध,’ ओलीले मिर्गौला प्रत्यारोपण अघि फेरि उनलाई भने । ‘किड्नी मेरो हो, मैले किन अरूलाई सोधिरहने ?’ सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले अन्जानले जवाफ दिइन्, ‘कसैलाई सोधिरहनै पर्दैन, म तयार छु ।’ उनले नसोधे पनि श्रीमान् तारा ओली र पिता ध्रुव घिमिरेले अन्जानलाई दानका लागि अनुमति दिए । ‘उहाँको ब्लड ग्रुप ओ नेगेटिभ हो र मेरोचाहिँ ओ पोजेटिभ,’ अन्जानले सुनाइन्, ‘ओ नेगेटिभलाई जसको पायो उसको लिन नमिल्ने तर पोजेटिभले चाहिँ सबैलाई दिन मिल्ने रहेछ, त्यसैले मैले केपी दाइलाई मद्दत गर्न पाएँ ।’  कान्तिपुर दैनिकबाट

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?