अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

सारांश

  • काठमाडौं।
  • अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ।
  • यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो।

काठमाडौं। अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ। यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो। तीन खेलको शृंखला भारतले २-१ ले जित्यो।

२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो। भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए। इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए। भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?