युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ११, २०७९
|
|
३४ पटक हेरिएको
Shares
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?

सारांश

  • बीबीसी।
  • अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ।
  • तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्छ।

बीबीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ।

तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्छ। चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार पनि हो।

के चीनले रुसलाई हतियार दिइरहेको छ?

चीनले सैन्य सामग्री उत्पादन गर्ने आफ्नो क्षमता बढाइरहेको छ। चीन अहिले विश्वको चौथो ठूलो अस्त्र निर्यातकर्ता हो। “चीनका अस्त्रहरू निकै उन्नत बनिरहेका छन्,” स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका सिएमुन भेसेमानले भने।

“उदाहरणका लागि चिनियाँ ड्रोनमा रुसको रुचि हुनसक्छ।” चिनियाँ कम्पनीहरूले रुसलाई “गैरघातक सहयोग” उपलब्ध गराइसकेको र बेइजिङले “घातक सहयोग” पनि उलब्ध गराउन सक्ने जानकारी आफूले पाएको अमेरिकाको दाबी छ।

त्यसो भएमा चीनले “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी वाशिङ्टनले दिएको छ। इन्टर्न्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीजसँग आबद्ध तथा आर्थिक प्रतिबन्धहरूसँग सम्बन्धित विषयकी विज्ञ मारिया शगिनाका अनुसार चीनले देखिनेगरी रुसलाई हातहतियार उपलब्ध गराएको छैन तर उसले गोप्य रूपमा सैन्य प्रयोजन भएका उन्नत प्रविधियुक्त सामानहरू बेचिरहेको हुन सक्छ।

“चीन रुसका लागि सेमिकन्डक्टरहरूको सबैभन्दा ठूलो निर्यातकर्ता हो भन्ने प्रमाण छ,” उनले भनिन्। उनका अनुसार चीनले प्राय: हङ्‌कङ र यूएईस्थित ‘शेल कम्पनी’ हरूमार्फत् रुसलाई सेमिकन्डक्टरहरू निर्यात गर्छ।

“सैन्य र गैरसैनिक उद्देश्यबीच विद्यमान अस्पष्ट क्षेत्रको फाइदा उठाउँदै केही चिनियाँ कम्पनीहरूले गैरसैनिक ड्रोन आपूर्ति गरिरहेका छन्।” अमेरिकास्थित सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजका अनुसार चिनियाँ कम्पनीहरूले रुसलाई विमानभेदक क्षेप्यास्त्रका रेडारका लागि आवश्यक विद्युतीय पार्टपुर्जा पठाइरहेको हुनसक्छ।

युक्रेनमा रुसको पक्षमा लडिरहेका भाडाका सैनिकहरूको समूहलाई स्याटलाइटबाट प्राप्त तस्बिरहरू उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले एउटा चिनियाँ कम्पनीविरुद्ध प्रतिबन्ध लगाएको छ।

चीनले रुसलाई आर्थिक रूपमा कसरी सघाइरहेको छ?

गत वर्ष रुसले युक्रेनमा धावा बोलेपछि पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाए। त्यसबाट रुसी तेलको आयात र उन्नत प्रविधि प्रयोग गरेर निर्माण गरिएका सामानहरूको निर्यात प्रभावित भए।

धेरै पश्चिमा कम्पनीहरूले रुससँगको सम्बन्ध विच्छेद गरे। रुसको संयुक्त राज्य अमेरिका, यूके र ईयूका राष्ट्रहरूसँगको व्यापार पनि खस्कियो।तर गत वर्ष चीनको रुससँगको व्यापार अहिलेसम्मको सर्वाधिक तहमा पुग्यो।

अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतको वृद्धिसहित चीनले रुससँग १९० अर्ब डलरको व्यापार गर्‍यो। एक वर्षको अवधिमा रुसले चीनबाट गर्ने आयात १३ प्रतिशतले बढाउँदै कुल ७६ अर्ब डलरको सामान ल्यायो। चीनतिर गर्ने निर्यात पनि ४३ प्रतिशतले बढेर ११४ अर्ब अमेरिकी डलरको हुन पुग्यो।

रुसको पश्चिमा राष्ट्रहरूसँगको व्यापार सन् २०२२ मा ह्वात्तै घट्दा चीन उसका लागि एउटा महत्त्वपूर्ण साझेदार बन्न पुग्यो। रुसले सन् २०२२ मा चीनलाई अघिल्लो वर्षको तुलनामा दुई गुना एलपीजी निर्यात गर्‍यो।

‘पावर अफ साइबेरिया’ पाइपलाइन प्रयोग गरेर रुसले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी प्राकृतिक ग्यास पठायो। चीनले पनि रुसबाट सन् २०२१ को तुलनामा १० प्रतिशत बढी कच्चा तेल आयात गर्‍यो। रुसले ईयूलाई पहिला बेच्ने गरेको तेल र ग्यासको परिमाणजति चीन पठायो।

सन् २०२१ मा ईयूले गर्ने ग्यास आयातको ४० प्रतिशत भाग रुसबाट जान्थ्यो तर सन् २०२२ मा १५ प्रतिशत मात्र गयो। सन् २०२१ मा ईयूले गर्ने तेल आयातको २६ प्रतिशत रुसी तेल हुन्थ्यो भने गत वर्ष त्यो घटेर १४ प्रतिशतमा सीमित भयो। रुस सरकारको वार्षिक राजस्वको झन्डै आधा भाग तेल र ग्यास बेचेर सङ्कलन हुन्छ।

धनी राष्ट्रहरूको समूह जी-सेभन र ईयू तथा अस्ट्रेलिया मिलेर समुद्री मार्ग हुँदै ओसारिने रुसी तेलको मूल्यमा विश्वभरि एउटा सीमा तोकिदिए। क्रेम्लिनले युद्धमा खर्च गर्न सक्ने रकम घटाउने प्रयासम त्यसो गरिएको थियो। तर चीनले त्यस्तो सीमा मान्न अस्वीकार गरेको छ। उसले रुससँग बजारभाउअनुसार नै कच्चा तेल किनिरहेको छ।

रुसले चीनसँग इन्धन निर्यात अझ विस्तार गर्न खोजिरहेको छ। ती दुई देशले एउटा नयाँ ग्यास पाइपलाइन (पावर अफ साइबेरिया २) निर्माण गर्ने सहमति गरिसकेका छन्।

विद्यमान पाइपलाइन सन् २०१९ देखि प्रयोगमा आएको हो। तीस वर्ष सञ्चालन हुने उक्त पाइपलाइनको करार ४०० अर्ब अमेरिकी डलरभन्दा बढीको छ।

यद्यपि साइबेरियाबाट सुरु हुने नयाँ ग्यास पाइपलाइन कहिले तयार हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनाशकारी महाभूकम्पको ५ वर्ष पूरा
विनाशकारी महाभूकम्पको ५ वर्ष पूरा
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
भरतपुर १९ मा दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खस्यो,मतदान जारी
भरतपुर १९ मा दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खस्यो,मतदान जारी
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
नेपालबारे मदन र माओको यस्तो बहस !
नेपालबारे मदन र माओको यस्तो बहस !
कहाँ कहाँबाट भिड्दैछन् पूर्व प्रधानमन्त्रीहरु ?
कहाँ कहाँबाट भिड्दैछन् पूर्व प्रधानमन्त्रीहरु ?
शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
चितवनबासिको मनमा बसेर फर्किए  डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
चितवनबासिको मनमा बसेर फर्किए डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?