अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु

सारांश

  • जाजरकोट ।
  • आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ ।
  • जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो ।

जाजरकोट । आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिए । रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्तर प्रदेशको सिरमौर राजगढ गएका थिए ।

मृतक रावत जुनीचाँदे गाउँपालिका– ४ लुहादहमा रहेको आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेका थिए । रावतको मृत्युले परिवारमा सन्नाटा छाउनुका साथै आशाको केन्द्र छोराको मृत्युले आमा, बुबामा निराशा पैदा भएको छ । यहाँका अधिकांश युवा आर्थिक अभाव भएपछि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरेर पैसा कमाएर पढ्ने र घर खर्च चलाउने गर्दछन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?