छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !

सारांश

  • सुर्खेत, २५ भदाै ।
  •   उनको जीवनमा करिब दशकअघि बन्द भएको शिक्षाको ढोका बल्ल खुलेको छ ।
  • कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि उनी उत्साह बोकेर पुन: भर्ना भएकी छन् ।

सुर्खेत, २५ भदाै ।  उनको जीवनमा करिब दशकअघि बन्द भएको शिक्षाको ढोका बल्ल खुलेको छ । कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि उनी उत्साह बोकेर पुन: भर्ना भएकी छन् । आफू मात्र होइन, एसएलसी पास भएकै वर्ष जन्मिएको छोरा सुशान्तलाई पनि सहपाठीका रूपमा कानुन अध्ययनमा डोर्‍याएकी छन् कमलाले ।

वीरेन्द्रनगर, पिपिराका कमला र १४ वर्षीय छोरा सुशान्त वीरेन्द्रनगरस्थित एडभान्स बेटर स्कुलमा कक्षा ११ मा कानुन अध्ययन गरिरहेकाे खवर अाजकाे कान्तिपुर दैनिकमा छ । ‘म कानुन पढेर आफूजस्तै हिंसा खेपेका र अन्यायमा परेका महिलाको पक्षमा वकालत गर्न चाहन्छु,’ कमलाको यस्तो जवाफ सुनेपछि सँगै बसेका छोराले भने, ‘म भविष्यमा न्यायाधीश बनेर पीडितलाई न्याय दिन्छु ।’

आमाछोराको सपना फरकफरक भए पनि उनीहरूको कानुन प्रेरणा भने कमलाले खेपेको हिंसा नै हो । बिहेलगत्तै कमलाले जुन किसिमको हिंसा खेपिन्, त्यसले उनलाई जीवनप्रति निकै निराश बनायो । उनको मनमा ‘पढेर के काम ?’ भन्ने निराशाले डेरा जमायो । ‘अहिले सुर्खेतमै कानुन विषय आएको थाहा पाएपछि मैले पढाइलाई फेरि जोडेँ,’ उनले भनिन्, ‘यो पढेपछि अन्यायमा परेका महिलालाई कानुनी सहायता गर्ने र भविष्यमा स्वरोजगार हुने योजना बनाएकी छु ।’

आमाछोरा सँगसँगै पढेको लाभ निकै छ । कक्षाकोठामै अभिभावक हुँदा सुशान्त ढुक्क छन् । उनको ध्यान पढाइबाहेक अन्यत्र जाँदैन । ‘कापीकलम किन्ने, भर्नालगायत शुल्क कहिले तिर्ने, कसरी तिर्ने भन्ने ‘टेन्सन’ नै छैन,’ उनी भन्छन्, ‘ममी सँगै भएपछि मलाई पढाइबाहेक अन्यत्र ध्यान दिनै पर्दैन ।’कमलालाई पनि सजिलो छ । कहिलेकाहीँ घरव्यवहारले पढाइ छुट्यो भने के गर्ने भन्ने चिन्ता हुँदैन । साताअघि छोरी (सुशान्तको बहिनी) बिरामी पर्दा कमला दुई दिन गयल भइन् । शिक्षक गीता कोइरालालाई चिन्ता लाग्यो अब कमलालाई छुटेको पाठ कसरी पढाउने ? ‘म यहीबारे सोचिरहेकी थिएँ, उनले (कमलाले) त स्कुलमा पढाइ भएको सबै नोट छोराले दिइसक्यो पो भनिन्,’ कोइरालाले भनिन्, ‘आमाछोरा सँगसँगै पढ्दाको फाइदा योभन्दा बढी के हुन सक्छ र ?’

साउन ३१ । यो दिन कमला– सुशान आमाछोराको जीवनमा विशेष थियो । उनीहरू पहिलोपटक एउटै कक्षामा एउटै विषय सँगसँगै पढ्दै थिए । कक्षाकोठाभित्र पस्नेबित्तिकै आमाछोरा पहिलो बेन्चमा सँगै बसे ।दोस्रो दिन ? फरक थियो । सुशान्त आमासँग होइन, अर्कै केटा साथी बनाएर उनैसँग बस्न पुगे ।

आमा पनि के कम, उनी छात्राको लाइनमा पुगेर केटी साथीसँगै लहसिइन् तर अहिले पनि आमाछोरा सँगैसँगै स्कुल जान्छन् । एउटै कोठामा, तर फरकफरक बेन्चमा बसेर पढ्छन् । फर्किंदा भने सँगसँगै फर्किन्छन् । कमला भन्छिन्, ‘हामी आमाछोराको गन्तव्य एउटै हो, कानुन पढेर सामाजिक न्यायमा योगदान दिने ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
रौतहटमा कांग्रेस बन्यो ठूलो दल
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद
सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद
झापामा ओलीलाई दोब्बर मतको अग्रता, सबै क्षेत्रमा वाम गठवन्धन अगाडि
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
बारेकोटमा खाद्यान्न अभाव
बारेकोटमा खाद्यान्न अभाव
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना
बुढानिलकण्ठ नगर विकासमा उद्धव खरेलको यस्तो सपना

तपाईंले छुटाउनुभयो कि?