इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती

सारांश

  • काठमाडौं ।
  • वरिष्ठ साहित्यकार एवम् इतिहासविद्ले इतिहासशिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैको पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।
  • इतिहासशिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘बाबुराम आचार्य र योगदान’ विषयक विचार गोष्ठीमा आचार्यका प्रकाशित अप्रकाशित सबै कृतिको खोज अनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

काठमाडौं । वरिष्ठ साहित्यकार एवम् इतिहासविद्ले इतिहासशिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैको पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।

इतिहासशिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘बाबुराम आचार्य र योगदान’ विषयक विचार गोष्ठीमा आचार्यका प्रकाशित अप्रकाशित सबै कृतिको खोज अनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आचार्यको अध्ययनमा संलग्न संघसंस्थासँग मिलेर प्रतिष्ठानले उहाँका कृति संरक्षण, सम्वद्र्धनका लागि आवश्यक काम गरिरहेको जानकारी गराएका थिए । आचार्यको नाममा विशिष्ट पुरस्कार स्थापना गर्न सरकारसँग आग्रह गर्ने बताए ।

नेपालको इतिहास, भाषा, साहित्यलगायत क्षेत्रमा इतिहासशिरोमणि आचार्यको योगदानलाई संस्थागत गर्न सबैको सहयोगको अपेक्षा गर्दै आचार्यका अप्रकाशित कृति आगामी दिनमा प्रकाशन गर्दा मूलभावमा तोडमोड गर्न नहुने बताए ।

इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा तुलसीराम बैद्यले आचार्यलाई राज्यले इतिहासशिरोमणि पदवी दिएर ठूलो सम्मान गरेको भन्दै आचार्यको विद्वताको कदर गर्न सबै कृति संरक्षण गरी नयाँ पुस्ता समक्ष ल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्राडा त्रिरत्न मानन्धरले ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहासशिरोमणि आचार्यले नै सगरमाथाको नामाकरण पहिलो पटक प्रकाशनमा ल्याएको बारेमा जानकारी गराए । प्राडा मीना ओझाले कार्यपत्रमाथि टिप्पणी गर्दै इतिहास र साहित्यलगायत क्षेत्रमा आचार्यले गर्नुभएको योगदान आजको पुस्ताको लागि इतिहासको स्रोत बनेको उल्लेख गरे ।

(www.drogueriasanjorge.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त
several Tips For Getting in contact with a Women — 6 Solutions to Maximize Your Likelihood of Meeting a Seeking Woman
सात वर्ष साउदी बसेकी सुनिताको कमाइ  मानसिक रोग !
सात वर्ष साउदी बसेकी सुनिताको कमाइ मानसिक रोग !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
नाङ्गो र गुजुल्टा तार हट्दै
नाङ्गो र गुजुल्टा तार हट्दै
सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह
प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक
नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक