निराश नहुनुस्, कांग्रेसको पुनःसंरचना गर्छु : गगन थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
निराश नहुनुस्, कांग्रेसको पुनःसंरचना गर्छु : गगन थापा

सारांश

  • काठमाण्डौ ।
  • २३ मंसिर : काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ ।
  • काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

काठमाण्डौ । २३ मंसिर : काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ ।

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गर्नुभएको छ । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडाँै बनाउने आफ्नो अठोट स्मरण गर्नुभयो ।

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उहाँले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गर्नुभयो ।

थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
उदयपुरमा आमा छोरीको हत्या
उदयपुरमा आमा छोरीको हत्या
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त  ???
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त ???
फर्निचर उद्योगमा आगलागि
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति
दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति

तपाईंले छुटाउनुभयो कि?