आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १५, २०८१
|
|
५३ पटक हेरिएको
Shares
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो

सारांश

  • काठमाडौं।
  • शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ।
  • नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ।

काठमाडौं। शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो।

त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ। शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ। यसैगरी, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ। आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ।

मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ। स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु
इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु
राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा
राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी